विराटनगरमा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक २६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २६ कार्तिक, विराटनगर ।
  • विराटनगरमा प्रहरी टोलीले विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।
  • पहिलो घटना विराटनगर महानगरपालिका–१७ मटेर्वामा भएको थियो, जहाँ भेडियारीबाट खटिएको प्रहरी टोलीले ३७ वर्षीय राजेन्द्र पोखरेल र ४२ वर्षीय कुशल थापालाई ५९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गर्‍यो।

 

२६ कार्तिक, विराटनगर । विराटनगरमा प्रहरी टोलीले विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

पहिलो घटना विराटनगर महानगरपालिका–१७ मटेर्वामा भएको थियो, जहाँ भेडियारीबाट खटिएको प्रहरी टोलीले ३७ वर्षीय राजेन्द्र पोखरेल र ४२ वर्षीय कुशल थापालाई ५९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गर्‍यो। पक्राउ परेका पोखरेल विराटनगर ११ पिचरा र थापा विराटनगर १० तिनटोलियाका बासिन्दा हुन्। त्यस्तै, साँझ साढे ५ बजे, लागुऔषध व्युरो विराटनगरको टोलीले विराटनगर–१६ हुलास चौकबाट ३ ग्राम ६४ मिलिग्राम ब्राउन सुगरसहित ३२ वर्षीय युवराज खड्कालाई नियन्त्रणमा लियो। खड्का सुन्दरहरैचा नगरपालिका–६ का स्थानीय हुन्।

अर्को घटना राति साँवा ८ बजे धरानमा भएको थियो। इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका–३ स्थितबाट धरान १५ निवासी २४ वर्षीय राम श्रेष्ठ र धरान १६ की २२ वर्षीया मेलिना राईलाई ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गर्‍यो। प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु
बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक, नगद कारोबारमा कडाइ हुँदै