अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, बुटवल ।
  • भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।
  • बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा दर्जन बढी संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

 

२४ वैशाख, बुटवल ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् । बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा दर्जन बढी संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी संघसंस्थाका अगुवाहरूले अन्तर्राष्ट्रिय उडान नियमित सुरु नगरे आन्तरिक उडान बन्द गराउनेदेखि सम्बन्धित मन्त्रीहरूको बहिष्कारदेखि काठमाडौंमा पुगेर मन्त्रालय घेराउसम्मको कार्यक्रम गर्ने चेतावनी पनि दिए । नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले चेतावनी दिँदै भने, ‘आजको धर्ना त केवल संकेत मात्र हो, माग सम्बोधन भएन भने निर्णायक आन्दोलन हुनेछ ।’  यसैगरी चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले रुपन्देहीका सबै व्यवसायिक संस्थाहरूले एकीकृत आन्दोलन गरेर सरकारलाई माग पूरा गर्न दबाब दिनुपर्ने खाँचो औंल्याए ।

नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत लगानीमा निर्माण भएको विमानस्थल २०७९ जेठ २ गते उदघाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् । व्यावसायिक संघ–संस्थाहरूले प्रधानमन्त्री, विभागीय मन्त्री, प्रमुख दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउनुका साथै सडक प्रदर्शन गरे पनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन । गत वर्ष कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले एक महिना जति उडान गरेका थिए । तर, भिजिबिलिटीको समस्या देखाउँदै उडान स्थगित गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर प्रविधि लागु गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान पुनः सुरु भए पनि त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट पुनः उडान बन्द भएको छ । यता, व्यवसायीहरू भने पटक–पटकको आन्दोलनबाट पनि विमानस्थल सञ्चालन नहुँदा आजित बनेका छन् । उनीहरुले विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने, अत्यावश्यक सरकारी कार्यालय स्थापना गरिनुपर्ने, विमानस्थल नचल्दा मर्कामा परेका व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् । यसैगरी सबै एयरलाइन्सको टिकट काउन्टर विमानस्थलमै हुनुपर्ने, अनलाइन ई–भिसा र अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट प्रणाली लागु गर्नुपर्ने र बुद्धमार्गी देशहरूबाट सिधा उडानको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् । लगानी जोखिममा

३० अर्ब ९१ करोडको सुरुवाती सम्झौता अनुसार सुरु भएको परियोजना निर्माण अवधि लम्बिँदा मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोड पुगेको थियो । त्यसबाहेक, विमानस्थलको लागि २३ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरिएको थियो । चेम्बरका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले सरकारले काठमाडौं केन्द्रित ठूला व्यापारी र बिचौलियाको दबाबमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बेवास्ता गरेको आरोप लगाए । ‘विमानस्थलको आशामा भएको लगानी जोखिममा छ,’ उनले भने, ‘अब उडान मात्र होइन, भ्रष्टाचारबारे छानबिन पनि हुनुपर्छ ।’ हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा करिब एक खर्ब रुपैयाँको पर्यटनसम्बन्धी लगानी जोखिममा परेको व्यवसायीहरूको दाबी छ । व्यवसायीहरुले ऋणको किस्ता तिर्न नसक्दा निद्रा हराएको गुनासो गरेका छन् ।

भैरहवाका राम थापाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आशमा २२ करोड रुपैयाँ लगानीमा ‘स्वीट पूर्णिमा होटल’ निर्माण सुरु गरे पनि बैंकले लगानी रोकेपछि तीन वर्षदेखि काम रोकिएको गुनासो गरे । ‘अहिले त्यो भवन भूतबंगला जस्तो बनेको छ,’ उनले भने, ‘बैंकको किस्ता तिर्न नसक्दा निद्रा हराएको छ ।’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि म्यानपावर तथा स्वास्थ्य परीक्षण कार्यालयको अभावले एअरलाइन्स कम्पनीलाई यात्रु नपाएको बहाना दिने बाटो खुलेको बताए । टुर एण्ड ट्राभल व्यवसायी चन्द्र थापाले काठमाडौंका ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय टिकटमा कार्टेलिङ गरेको, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय नखोलेको र स्थानीय एजेन्टलाई पोर्टल नखोलेको आरोप लगाए । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु गर्न दबाब दिने उद्देश्यले हालै अनिलकुमार ज्ञवालीको संयोजकत्वमा ‘संघर्ष समिति’ समेत गठन गरिएको छ । समितिमा दुई दर्जनभन्दा बढी स्थानीय संस्था आवद्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ आजै
जन्मदिनकै उपहार स्वरुप आज कारागार फर्किने रवि लामिछानेको घोषणा
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृ*त्यु
रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने
सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै