इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   १७ फागुन,काठमाडौं ।
  • पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रत्यक्ष असर पारेको छ ।
  • इजरायल र इरानबीच आक्रमण–प्रत्याक्रमणको अवस्था सिर्जना भएसँगै केही देशहरूले हवाई मार्ग बन्द गरेपछि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब लगायत गन्तव्यका उडानहरू प्रभावित भएका छन् ।

 

१७ फागुन,काठमाडौं ।

पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रत्यक्ष असर पारेको छ । इजरायल र इरानबीच आक्रमण–प्रत्याक्रमणको अवस्था सिर्जना भएसँगै केही देशहरूले हवाई मार्ग बन्द गरेपछि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब लगायत गन्तव्यका उडानहरू प्रभावित भएका छन् । उडान रद्द भएसँगै शनिबारदेखि नै सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् । आइतबार बिहानसमेत उडान कहिले नियमित हुन्छ भन्ने स्पष्ट सूचना नपाउँदा यात्रुहरू अन्योलमा देखिएका थिए ।  विमानस्थल परिसरमा सूचना टाँसिएपनि ठोस जानकारी नहुँदा यात्रुहरू दुविधामा परेका छन् । एयरलाइन्स कम्पनीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरेकाले धेरै यात्रु आफैं होटल फर्किन बाध्य भएका छन् भने कतिपय टिकट पुनःनिर्धारणको पर्खाइमा छन् ।

न बस्ने पैसा छ, न घर फर्किने सिराहाबाट काठमाडौं आएका परमेश्वर शाह शनिबार राति कतार जान लागेका थिए । तर उडान स्थगित भएपछि उनी विमानस्थलमै रोकिए । ‘हिजो कतार जानुपर्ने थियो । यहाँ बस्ने पैसा छैन, घर फर्किने पनि छैन । सरकारले सहयोग गर्नुपर्छ,’ उनले गुनासो गरे । एयरलाइन्सले सञ्चालन स्थगितको सूचना देखाउँदै समस्या समाधान नगरेको उनले बताए । सरकारी तथ्याङ्कअनुसार छ प्रमुख खाडी मुलुकमध्ये संयुक्त अरब इमिरेट्समा ६ लाखभन्दा बढी नेपाली कार्यरत छन् । कतारमा करिब ५ लाख, साउदी अरबमा करिब ४ लाख ५० हजार, कुवेतमा करिब १ लाख २० हजार तथा बहराइन र ओमानमा ५०–५० हजारभन्दा बढी नेपाली काम गरिरहेका छन् । इजरायलमा करिब ५ हजार नेपाली मुख्यतः हेरचाह र कृषि क्षेत्रमा कार्यरत छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब १,५०० युवा रोजगारीका लागि पश्चिम एसिया प्रस्थान गर्ने अनुमान छ । विदेशिनेको ठूलो हिस्सा युवा तथा काम गर्ने उमेर समूहका भएकाले यस अवस्थाले हजारौँ परिवारको आयमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । परराष्ट्र मन्त्रालयको चेतावनी तनाव बढेपछि परराष्ट्र मन्त्रालयले इजरायल, इरान तथा पश्चिम एसियाका अन्य देशमा रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले स्थानीय सुरक्षा निकायका निर्देशन कडाइका साथ पालना गर्न, अनावश्यक बाहिर ननिस्कन, सम्भव भएसम्म घरभित्रै बस्न र पूर्वअनुमति बिना यात्रा नगर्न अनुरोध गरेको छ ।

इजरायल वा इरान भ्रमणको योजना भएकालाई अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न पनि सिफारिस गरिएको छ ।   आग्रह संयुक्त अरब इमिरेट्सका लागि आबुधाबीको दुतावासले त्यहाँ रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न र सतर्क रहन आग्रह गरेको छ । त्यस्तै, दोहास्थित नेपाली दुतावासले इरानमा रहेका नेपालीलाई स्थानीय निकायको पूर्वस्वीकृति बिना यात्रा नगर्न र सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले अवस्था नजिकबाट अनुगमन भइरहेको जनाएको छ । उडान कहिले पूर्ण रूपमा नियमित हुन्छ भन्नेबारे स्पष्ट जानकारी नआएसम्म विमानस्थलमा अन्योल कायम रहने देखिएको छ । पश्चिम एसियामा बढ्दो सैन्य गतिविधिले खाडी मुलुकमा कार्यरत १७ लाखभन्दा बढी नेपालीको सुरक्षा र आवागमन दुवैबारे गम्भीर चिन्ता थपेको छ । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन मन्त्रीसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रमा
प्रधानमन्त्री ओली र श्रीलंकाकी प्रधानमन्त्री समकक्षी अमरासुरियाबीच भेटवार्ता
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
माओवादी पदाधिकारी बैठक बस्दै
कुलमान घिसिङको रिट दर्ता, भोलिका लागि पेसीमा चढ्यो
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारीमा नीतीश कुमार
कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई इमेल
कटहरका रुख सुकेपछि किसान चिन्तित