बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १२ वैशाख, काठमाडौं ।
  • नेपालगञ्ज– भूमि समस्या समाधान आयोगले बाँकेमा पहिलो चरणमा करिब सात सय जग्गाधनी पुर्जा वितरण गर्न लागेको छ ।
  • भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले त्यसका लागि हालसम्म करिब पाँच सय ६३ लालपुर्जाको प्रमाणीकरण भएको जानकारी दिए ।

 

१२ वैशाख, काठमाडौं ।

नेपालगञ्ज– भूमि समस्या समाधान आयोगले बाँकेमा पहिलो चरणमा करिब सात सय जग्गाधनी पुर्जा वितरण गर्न लागेको छ । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले त्यसका लागि हालसम्म करिब पाँच सय ६३ लालपुर्जाको प्रमाणीकरण भएको जानकारी दिए । तीमध्ये एक सय १२ जनाको सनाखत प्रक्रिया पूरा भएको र अन्यको लालपुर्जाको आवश्यक प्रक्रिया चलिरहेको उनले बताए ।

जिल्लाको कोहलपुर नगरपालिका–१ स्थित कौशिल्यानगरबाट यही २० गते लालपुर्जा वितरण प्रारम्भ हुने आयोगले जनाएको छ । भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न लागिएको तर धेरैजसो मान्छे घरमा नभएकाले केही कठिनाइ भइरहेको अध्यक्ष खनालको भनाइ छ । लगत्तै अव्यवस्थित बसोबासी भएकालाई पनि जग्गाको लालपुर्जा वितरण हुनेछ । २० गतेबाट वितरण हुने लालपुर्जाको प्रमाणीकरणको काम शनिबारसम्म सक्नुपर्ने बाध्यता रहेको छ । बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाबाहेक सबै स्थानीय तहमा लालपुर्जा वितरणका लागि काम भइरहेको छ ।

कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिकाका केही वडामा लगत सङ्कलन, जानकी र नरैनापुरमा जग्गाको नापी कार्य जारी छ । जिल्लाका डुडुवाबाहेक सबै स्थानीय तहका सबै वाडामा नापी हुँदैछ’, उनले भने ।  विगतका आयोगबाट भएका अधुरा र अपूरा कार्यको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, बाँके, मालपोत कार्यालय कोहलपुर र नेपालगञ्जलाई पत्राचार गरेर क्रमशः सबैतिर जग्गाधनी लालपुर्जा वितरणको तयारी भइरहेको आयोगले जनाएको छ ।  केही दिनअघि नेपालगञ्जमा बसेको सर्वदलीय बैठकले यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासी लालपुर्जा वितरण गर्ने निर्णय गरेको थियो ।  हालम्म बाँकेमा ५४ हजार हाराहारीमा जग्गाको लालपुर्जाका लागि आवेदन परेका छन् । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री दियाले आरोहण गरिन् युरोपको सबैभन्दा अग्लो शिखर
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन
पहिरोले देशभर १३ वटा सडक अवरुद्ध
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको माग
कांग्रेस संसदीय दलको बैठक आज बस्ने
ट्याक्टरको ठक्करले युवा संघका नेताको मृत्यु
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी