Nepal No 1 Online News Portals News site -Nepaltathya.com
शनिबार, २३ जेठ २०८३, १० : ५६ : २८ | Jun 6, 2026

२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १९, २०८२
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • १९ चैत ,सुर्खेत ।
  • सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ ।
  • गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो ।

१९ चैत ,सुर्खेत ।

सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव नबुझ्ने अडान लिएका थिए । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि परिवारले शव बुझ्ने भएका हुन् ।

इनिशाको आज भेरी नदीको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।दुई साता लामो अनुसन्धान पछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा मंगलबार भएको थुकछेक बहस पछि घटनामा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलाशले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको थियो ।

अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ ।अदालतका सूचना अधिकारी उज्वल रावलकाअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो । सोमबारदेखि बाल इजलासमा सुनुवाई भई रहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो । इनिशाको मृत्युपछि वीरेन्द्रनगरमा दुर्बैपक्षबीच प्रदर्शन हुँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
यस्तो छ तपाईंको आजको राशिफल
चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए : प्रचण्ड

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...