नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष १९, २०८०
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • १९ पुस, काठमाडौं ।
  • नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ ।
  • काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो ।

१९ पुस, काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् । नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ ।

यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्ताक्षर गरेका छन् । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म साेझै लगानी गर्नसक्नेछ । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केभीए पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन गरेका छन् । संयुक्त आयोगको बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गर्ने, आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । कनेक्टिभिटी, व्यापार, जलस्रोत, उर्जा व्यापारका विषयमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दीमा श्रीमान्-श्रीमती मिलेर गरे कामदारको ह*त्या
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
मर्स्याङ्दीमा २७ जनाले गुमाए ज्यान, घाइते १६ जनालाई ल्याइयो काठमाडौँ
नेपाल फार्मेसी संघ सर्लाहीमा नयाँ नेतृत्व
कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री
भैरहवाको मौसम खुलेन, भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौँ प्रशासनले भन्यो : दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन