रोमाञ्चक खेलमा नेपाल दक्षिण अफ्रिकासँग पराजित

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ १, २०८१
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  •   १ असार, काठमाडौं ।
  • जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग पराजित भएको छ ।
  • रोमाञ्चक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हो ।

 

१ असार, काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग पराजित भएको छ ।

रोमाञ्चक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हो । पराजित भएसँगै नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिका विरुद्धको आजको खेल जित्नैपर्ने दबाब थियो। दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । नेपालमा लागि आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । ४९ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै अनि शाहले २७ बनाए । २४ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ६ रन बनाए ।यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । २३ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित पौडेल शून्यमै आउट भए भने कुशल मल्ल १ रन बनाएर आउट भए ।

यसअघि वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनाएको थियो ।  दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले ४३ रन बनाए । ट्रिस्टन्स स्टुब्सले २७, आडन माक्रमले १५ रन बनाए । क्वीनटन डिकक १०, हेनरिच क्लासेन ३ र डेविट मिर ७ रनमा आउट भए ।

ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे ।  नेपालका लागि दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले सानदार बलिङ गरे । भुर्तेलले चार तथा ऐरीले तीन विकेट लिए ।

४ ओभर बलिङ गर्दै भुर्तेलले १९ रनमात्र दिए । त्यस्तै, ऐरीले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए ।  यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जीत हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्का विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
माओवादी केन्द्रले बनायो दुई कार्यदल
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै
तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
राजनीतिबाट विश्राम, शिक्षाको यात्रामा प्रकाश पासवान
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु