प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २८ असोज, काठमाडौं ।
  • भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र शहरी विकासमन्त्री कुलमान घिसिङ्ले प्रकोपहरुको जोखिम व्यवस्थापनमा मुख्य कुरा पानीको स्रोतको व्यवस्थापन रहेको बताएका छन् ।
  • मंगलबार काठमाडौंमा आयोजित विपद् जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनको लागि पानीको स्रोतको व्यवस्थापन गर्नुपर्ने भन्दै यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहने बताए ।

२८ असोज, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र शहरी विकासमन्त्री कुलमान घिसिङ्ले प्रकोपहरुको जोखिम व्यवस्थापनमा मुख्य कुरा पानीको स्रोतको व्यवस्थापन रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विपद् जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनको लागि पानीको स्रोतको व्यवस्थापन गर्नुपर्ने भन्दै यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहने बताए । उनले भने, ‘प्राकृतिक प्रकोप एंव विपद् आउनु भन्दा अगाडि नै त्यसका समाधानहरु के के हुन सक्छन्, त्यसको खतरा कम गर्ने उपायहरु के–के हुनसक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापन भनेको पानीको स्रोतको व्यवस्थापन हो ।

यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो प्रकारको प्रकोप सँधै भइरहन्छ । नदी प्रणालीलाई व्यवस्थापन गर्नुपर्ने थियो त्यो भएन् ।’ यस्तै, उनले गाँउमा सबै स्थानमा सडक पुगेपनि एकदिनको वर्षाले सबै ध्वस्त भएको भन्दै पूर्वाधार व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण देखिएको बताए । उनले भने, ‘अहिले सबै गाँउमा रोड पुगेको छ तर तिर रोडहरु एकदिनको वर्षाले ध्वस्त भएको छ । केन्द्र सरकारले हाइवे हेर्ने भन्छ त्यसको पनि केही बाँकी छैन् सबै बनाउनु पर्छ । स्थानीय र प्रदेश सरकारले बनाएका रोडको पनि नाम निसान नै छैन् । कहिले बनाउने के गर्ने यो कुरा महत्वपूर्ण छ । खानेपानीको अवस्था उस्तै छ । त्यसैले पूर्वाधारको व्यवस्थापन पनि एकदमै चुनौती पूर्ण देखिएको छ ।’
घरहरु कहाँ बनाउने, बस्ती कहाँ राख्ने भन्ने अध्ययन गरेर नक्सा बनाउनुपर्ने भन्दै एकदमै खतरा भएको स्थानको बस्तीलाई हटाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा
विदेशीको विरोधले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकियो : रक्षामन्त्री
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन आज
वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली खटाइयो
राजावादीका लागि सर्वाधिक अनुकूल समय आयो : कमल थापा
कुलमानले सरकारलाई बुझाए स्पष्टीकरण , जवाफी पत्र यस्तो छ
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन