मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १२, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   १२ जेठ, काठमाडौं ।
  • मोबाइल लटुपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा काठमाडौंको कालिकाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा मगर, सोही ठाउँ बस्ने २४ वर्षकै सन्तोष तामाङ र धादिङको धुनिबेशी नगरपालिका–३ का १९ वर्षीय प्रवीन भण्डारी छन् ।

 

१२ जेठ, काठमाडौं ।

मोबाइल लटुपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको कालिकाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा मगर, सोही ठाउँ बस्ने २४ वर्षकै सन्तोष तामाङ र धादिङको धुनिबेशी नगरपालिका–३ का १९ वर्षीय प्रवीन भण्डारी छन् । उनीहरुलाई काठमाडौंको टंकेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।

आइतबार मात्रै राति साढे ८ बजेतिर टंकेश्वरमा मोबाइल लुटेर भागेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले यसअघि पनि पटक पटक मोबाइल लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । यसअघि उनीहरु आठ वटा चोरी तथा लुटपाटको घटनामा संलग्न भएको प्रहरीले बताएको छ । पक्राउ परेका मध्ये च्वाँचे २०८० मा अभद्र व्यवहारको कसुरमा र प्रवीण २०८१ मा चोरीको कसुरमा सजाय भागेर निस्केका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?