रौतहटको माधवनारायण नगरपालिका -४का वडाध्यक्षको निधन

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  •   रौतहट ।
  • रौतहटमा अर्को वर्तमान वडा अध्यक्षको निधन भएको छ ।
  • जिल्लाको पूर्वी क्षेत्र माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिवार बिहान असामयिक निधन भएको छ ।

 

रौतहट । रौतहटमा अर्को वर्तमान वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वी क्षेत्र माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिवार बिहान असामयिक निधन भएको छ । लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष मुखियाको बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले बताएका छन् ।

नेकपा माओवादी केन्द्रको टिकटबाट उनी २०७९ को स्थानीय तहको निर्वाचनमा लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस अघि २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर, र ईशनाथ नगरपालिकाका एक एकजना गरी ३ जना वडा अध्यक्षहरुको निधन भएको छ । लामो समय रिक्त रहेको उक्त तीनवटै वडाहरूमा केही समय अघि उपचुनाव सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?