रास्वपाले स्वीकृत गर्‍यो सुमना श्रेष्ठलको राजीनामा

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ११, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ११ जेठ, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।
  • आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

 

११ जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् ।

एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् । उनी प्रतिनिधिसभा सांसद पनि हुन् । श्रेष्ठले राजीनामामार्फत आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको लगायत बताएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महतो, अशोक राई र रेशम चौधरीको एउटै चुनाव चिह्न
काठमाडौं बस दु*र्घटनामा मृ*तकको संख्या ५ पुग्यो
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस