केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ २४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २४ माघ, काठमाडौँ ।
  • ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् ।
  • माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

२४ माघ, काठमाडौँ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् । माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) भीमबहादुर दाहालले  बताए ।

उनले भने, ‘पक्राउ परेका सबैजना रिहा भैसकेका छन् ।’ ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले महिचानबादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन (नानी) लाई १० हजार धरौटीमा रिहा गरेको छ । सिदिङ्वा गाउँपालिका–५ घर भएका लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बु जनही ५ हजार धरौटी बुझाएर छुटेका हुन् । झापाको दमकबाट पक्राउ परेका ८ जना साधारण तारेखमा छुटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?