सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन १, २०८०
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • १ फागुन, काठमाडौं ।
  •  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
  • आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा.

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पत्र बुझाएको हो। गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन निर्माण गरेको थियो। विज्ञहरु र सहकारी पीडितहरुसँग सघन अन्तर्क्रिया समेत गरेर प्रतिवेदन तयार पारेको रास्वपाले जनाएको छ। प्रधानमन्त्रीसँग भेटमा रास्वपाको टोलीले सहकारीबाट लाखौं बचतकर्ताहरू ठगिएकाले सरकारले कदम चाल्न आग्रह गरे।

सुझावपत्र बुझ्दै जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताए। प्रधानमन्त्रीको सचिवालयमा अनुसार प्रचण्डले भने,‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
कञ्चनपुरको बेलौरीमा जलेको अवस्था श*व फेला
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
मुलुकको हितले स्थान पाएको दिन हो : प्रधानमन्त्री ओली
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने