विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ३, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३ असोज, काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले विद्यालय (स्कुल) बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतवानी दिएको छ ।
  •   नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो ।

३ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय (स्कुल) बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतवानी दिएको छ ।

 

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो । त्यसका लागि काठमाडौँ महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने बताए ।

‘आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा हो । तर, आन्दोलनको नाममा विद्यालय नै बन्द गरिनुहुन्न । विद्यालय बन्द गरियो भने कारबाही गर्न महानगरले शिक्षा विभागलाई निर्देशन दिएको छ’ उनले भने । महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछ । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो ।  यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने सम्मको चेतावनी दिएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार
मधेश भारतको साथमा छ-आज पनि, भोलि पनि, र सदैव : मुख्यमन्त्री सिंह
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमै जोड्यो बिनाक्षति ४८ रन
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित