एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
सारांश
- १० मंसिर , काठमाडौं ।
- पार्टी मुख्यालय च्यासलमा पत्र बुझाउन गएको टोलीलाई रित्तोहात फर्काएको नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले हुलाकमार्फत जरिवानाको पत्र पठाएको छ ।
- आइतबार जरिवानाको पत्र बुझाउन गएको महानगरको टोलीलाई एमालेले त्यसै पठाईदिएको थियो ।
१० मंसिर , काठमाडौं । पार्टी मुख्यालय च्यासलमा पत्र बुझाउन गएको टोलीलाई रित्तोहात फर्काएको नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले हुलाकमार्फत जरिवानाको पत्र पठाएको छ ।

आइतबार जरिवानाको पत्र बुझाउन गएको महानगरको टोलीलाई एमालेले त्यसै पठाईदिएको थियो । महानगरले आज हुलाकमार्फत पत्र पठाएको हो । गत शुक्रबार काठमाडौंमा एमालेले गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले १ लाख जरिवाना तिराएको थियो । तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया