तराई मधेसका सात दलको मोर्चा घोषणा आज
सारांश
- २१ चैत, काठमाडौं ।
- तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा आज गरिँदै छ ।
- काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

२१ चैत, काठमाडौं ।
तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा आज गरिँदै छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

मोर्चा घोषणा गर्न लागिएका सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् । यी पार्टीका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा गरिने नेताहरूले जानकारी गराएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया