आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर १, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   १ मंसिर, इण्डियन प्रिमियर लिगको २०२५ को लागि खेलाडीको मेगा अक्सन साउदी अरबको शहर जेद्दामा नोभेम्बर २४ र २५ मा हुने भएको छ ।
  • आईपीएलले शुक्रबार अक्सनमा जाने ३६६ भारतीय र २०८ विदेशी खेलाडीसहित ५७४ खेलाडीको अन्तिम सूची सार्बजनिक गरको छ ।
  • यस अक्सनका लागि कुल १५७४ खेलाडीहरू दर्ता भएका थिए, तर आइपिएल गभर्निङ काउन्सिलले १००० खेलाडीलाई बाहिर राख्दै ५७४ खेलाडीलाई अन्तिम अक्सनका लागि छानेका छन् ।

 

१ मंसिर, इण्डियन प्रिमियर लिगको २०२५ को लागि खेलाडीको मेगा अक्सन साउदी अरबको शहर जेद्दामा नोभेम्बर २४ र २५ मा हुने भएको छ । आईपीएलले शुक्रबार अक्सनमा जाने ३६६ भारतीय र २०८ विदेशी खेलाडीसहित ५७४ खेलाडीको अन्तिम सूची सार्बजनिक गरको छ ।

यस अक्सनका लागि कुल १५७४ खेलाडीहरू दर्ता भएका थिए, तर आइपिएल गभर्निङ काउन्सिलले १००० खेलाडीलाई बाहिर राख्दै ५७४ खेलाडीलाई अन्तिम अक्सनका लागि छानेका छन् । अब यी खेलाडीबाट आइपिएल फ्रेन्चाइजीहरुले २०४ खेलाडी छनौट गर्ने छन् । यस अक्सनमा ८१ खेलाडीको आधार मूल्य २ करोड भारु रहेको छ ।

अक्सनमा सबैभन्दा पहिला १२ मार्की खेलाडीहरूको अक्सन हुने आइपिएलले जानकारी दिएको छ । मार्की खेलाडीलाई ६-६ खेलाडीको दुई सेट बनाइएको छ । उनीहरुको आधार मुल्य २ करोड भारु रहेको छ । यसको पहिलो सेटमा इङ्ल्यान्डका ब्याट्सम्यान जोस बटलर, भारतका श्रेयस अय्यर, ऋषभ पन्त र अर्शदीप सिंह, दक्षिण अफ्रीकाका कागिसो रबाडा र अस्ट्रेलियाका मिचेल स्टार्क रहेका छन् ।

त्यसपछि दोस्रो सेटमा भारतका युजभेन्द्र चहल, केएल राहुल, मोहम्मद शामी र मोहम्मद सिराज, इङल्याण्डका लियम लिभिङस्टोन र दक्षिण अफ्रीकाका डेभिड मिलर रहेका छन् । आइपिएलका अनुसार यस अक्सनमा २०४ खेलाडीका लागि १० फ्रेन्चाइजीहरुले कुल ५ अर्ब ५१ करोड ७० लाख भारु खर्च गर्ने भएका छन् । यस पटकको आइपिएल अक्सनका लागि कुनै पनि नेपाली खेलाडीले आफ्नो नाम दर्ता गरेका थिएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
लागुऔषधसहित एक युवक पक्राउ
लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान