पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ९, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   ९ असोज ,काठमाडौँ ।
  •   पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने  पेशी तोकिएको छ।
  • संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो ।

 

९ असोज ,काठमाडौँ ।  पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने  पेशी तोकिएको छ।

संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक पटक सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुन: सुनवाइमा जाने सम्भावना छ ।  प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले असोज २० गते देखि अवकाश पाउने भएकाले आज नै फैसला सुनाउनुपर्ने छ। यदि आज फैसला (निसु) सरेमा संवैधानिक इजलासले पुनः नयाँ न्यायाधीशहरुलाई पेशी तोकेर सुनुवाइ गर्नुपर्नेछ।  यो मुद्दामा बहस सकिएर निसु तोकिएको हो । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि विविध कारणले फैसला हुन सकेको छैन ।  सो मुद्दामा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले बहस सुनेकाले सोही इजलासले फैसला सुनाउनुपर्ने छ।  गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधानमल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो।

२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चमा तीन थान रिट निवेदन रहेका छन् ।  सर्वोच्चले फैसला गर्दै अनुसन्धान अघि बढाउनु र सापकोटालाई पक्राउ गर्न आदेश दिनुपर्ने माग निवेदकले उठाएका छन् भने प्रतिवादीहरूले यो घटना द्वन्द्वकालीन भएकाले सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रले हेर्नुपर्ने माग गरेका थिए । इजलासले दुवैको तर्क सुनेर फैसला सुनाउने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?