टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २ कार्तिक , अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो टी–२० आई क्रिकेटमा घरेलु टोलीविरुद्ध एकसय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
  • अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको हो।
  •  एक समय १८.

२ कार्तिक , अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो टी–२० आई क्रिकेटमा घरेलु टोलीविरुद्ध एकसय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको हो। एक समय १८.५ ओभरमा ५–१५९ को अवस्थामा रहेको नेपालले ५ रन जोड्न चार विकेट गुमायो।कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए। ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका रोहित अर्धशतक नजिक पुग्दा रन आउट भए। दिपेन्द्र सिंह ऐरि २८ रन बनाउँदा क्याच आउट भए। अमेरिकाविरुद्ध राम्रो सुरुवात गरेको नेपाल अन्तिम समयमा सम्हालिन सकेन। १९ औँ ओभरमा नेपालले लगातार दुई विकेट गुमायो। १९ औँ ओभरको पाचौँ बलमा दिपेन्द्रलाई गुमाएको नेपालले अन्तिम बलमा करण केसीलाई शुन्य रनमा नै गुमाउन पुग्यो।अन्तिम ओभरको दोस्रो बलमा आरिफ शेखलाई शुन्य तथा चौथो बलमा सोमपाल कामीलाई २ रनमा नेपालले गुमायो। पहिलो विकेटका लागि ओपनर आशिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गरे। ओपनर अनिल शाह २७ रन बनाउँदा अलि खानको बलमा एलबीडब्लु धरापमा परे। १८ बलमा २ चौका र १ छक्का हानेका अनिल २७ रन बनाउँदा पेभेलियन फर्के। २७ बलमा ४ चौका सहयोगमा २७ रन नै बनाएका अर्का ओपनर आशिफ हरमित सिंहको बलमा बोल्ड आउट हुन पुगे। कुशल भुर्तेल १० र गुल्सन झा ११ रनमा पेभेलियन फर्के। अमेरिकाका लागि हरमित सिंह, शुभम नेत्रभल्कर र जसदिप सिंहले समान २ विकेट लिए। अलि खान र नोस्टुसले समान एक विकेट आफ्नो नाममा गरे। अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ३ खेलको टी–२० सिरिज खेल्नेछ। त्यसपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नेछ तालिका छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?