टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष ७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ७ पुष, काठमाडौं ।
  • भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ ।
  • यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ ।

 

७ पुष, काठमाडौं ।

भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ । ११ दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन टु को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

एनपिएल शेर मल्ल, विनोद भण्डारी,भीम सार्की,अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी,रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् । नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सीमा इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ। नेपालले माघ २५ इङ्ल्यान्डसँग खेल्दै विश्व कपको सुरुवात गर्नेछ ।

यी हुन् २४ जना खेलाडी :

१ रोहित पौडेल
२ कुशल भुर्तेल
३ आसिफ सेख
४ कुशल मल्ल
५ सन्दीप जोरा
६ दीपेन्द्र सिंह ऐरि
७ गुलशन झा
८ नन्दन यादव
९ आरिफ सेख
१० सन्दीप लामिछाने
११ ललित राजवंशी
१२ सोमपाल कामी
१३ लोकेस बम
१४ आदील अन्सारी
१५ कारण के सी
१६ साहब आलम
१७ शेर मल्ल
१८ भीम सार्की
१९ ईशान पाण्डे
२० विनोद भण्डारी
२१ अविनाश बोहरा
२२ प्रतिष जी सी
२३ बसिर अहमद
२४ रुपेस कुमार सिंह ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?