Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बिहिबार, २१ जेठ २०८३, ०३ : ३६ : ४६ | Jun 4, 2026

नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १७, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसले आगामी दिनमा देशभर निर्वाचन समीक्षा तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
  • पार्टी केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा समीक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो ।

काठमाडौं ।

नेपाली कांग्रेसले आगामी दिनमा देशभर निर्वाचन समीक्षा तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।पार्टी केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा समीक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो ।

पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस नोट अनुसार १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गरिनेछ । साथै, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा अध्ययन र समीक्षा प्रक्रिया पनि अगाडि बढाइनेछ ।चैत्र २३ गते कोशी प्रदेश अन्तर्गत विराटनगरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ भने त्यसको संयोजक डिला संग्रौला पन्तले गर्नेछिन् । यस्तै, फरमूल्लाह मंसुरको संयोजकत्वमा चैत्र २५ गते मधेश प्रदेश अन्तर्गत जनकपुरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ । यस्तै, गण्डकी प्रदेश अन्तर्गत पोखरामा चैत्र २७ गते देवराज चालिसेको संयोजकत्वमा कार्यक्रम हुनेछ ।

लुम्बिनी प्रदेश अन्तर्गत दाङमा चैत्र २९ योगेन्द्र चौधरीको संयोजकत्वमा, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते कर्णबहादुर बुढाको संयोजकत्वमा कार्यक्रम हुने बैठकले निर्णय गरेको छ ।यसैगरी सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते प्रकाश रसाइली स्नेहीको संयोजत्वमा, बागमती प्रदेशको हेटौंडामा वैशाख ७ गते बहादुर सिंह लामाको संयोजकत्वमा समीक्षा कार्यक्रम आयोजना हुनेछ ।प्रेस नोटअनुसार, कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका संयोजकहरूसँग समन्वय गरिनेछ । कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय सभापतिहरू तथा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सहभागिता रहने । सम्बन्धित जिल्ला कार्यसमितिहरूले कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मेवारी पाउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन
जसपा नेपालले परिसङ्घ गठन गर्ने
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
हङकङ सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
हिजो समातिएका पालिका अध्यक्ष आज रिहा
३८ वर्षपछि पक्राउ परे डाँकाचोरी मुद्दाका फरार प्रतिवादी
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...