सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ११, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   ११ जेठ, काठमाडौं ।
  • संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।
  • प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन्।

 

११ जेठ, काठमाडौं ।

संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन्।

उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ बर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन्। त्यस्तै स्थानीय  र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालले बताए। विधेयकमा भएको अहिलेको व्यवस्थाले कर्मचारीको मनोबल घटाउने भन्दै उनले आफूहरुको माग सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पुर्‍याएका ४० वटा प्रस्ताव फिर्ता गर्ने निर्णय
भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमति
आज यी ६ प्रदेशमा भारी वर्षाको पनि सम्भावना
पत्रकार सम्मेलन गर्दै विद्या, एमाले निर्णयको प्रतिवाद गर्ने
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे
नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
एमालेलाई चौतर्फी आक्रमण हुँदा पनि विचलित हुँदैनौँ : सुनिता डङ्गोल
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ