हङकङ सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ चैत,  काठमाडौं : आजबाट हङकङमा सुरु भएको चार देश सम्मिलित टी२० सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी भएको छ।
  • कतारले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो।
  • नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले आक्रामक पारी खेले।

 

२७ चैत,  काठमाडौं :

आजबाट हङकङमा सुरु भएको चार देश सम्मिलित टी२० सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी भएको छ।कतारले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले आक्रामक पारी खेले। उनीहरूले पहिलो विकेटका लागि ५.४ ओभरमा ८१ रनको साझेदारी गरे।

कुशलले १९ बलमा चार चौका र तीन छक्काको मद्दतमा ३८ रन जोड्दा आशिफले २१ बलमा चार छक्काको मद्दतमा ३३ रन बनाए। प्लेयर अफ दि म्याचको उपाधि पनि कुशलले नै पाए। कप्तान रोहित कुमार पौडेलले २९ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३७ रन बसीर अहमदले ३३ बलको सामना गर्दै ३० रन जोडे। उनीहरु दुवै अविजित रहे। कतारका लागि मुजीब उर रहमानले दुई विकेट लिए। आजको खेलमा नेपालको तर्फबाट नन्दन यादव टी२०मा डेब्यु गरे। त्यसअघि मिसन रोड ग्राउन्डमा टस हारेर पहिला ब्याटिङमा तानिएको कतारले

निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५१ रन जोड्यो। उसका लागि कप्तान इक्रमुल्लाह खानले ५४ रनको अर्धशतकीय पारी खेल्दा साहजैब जमिलले ३१, मुजीब उर रहमानले नटआउट २०, मोहम्मद इरसादले नटआउट १८, अरुमङ्गागणेश नागार्जन १३ रनमा आउट भए। बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राजवंशीले एक-एक विकेट लिए। नेपालको अर्को खेल भोलि विहान पौने सात बजे कुवेतसँग छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन