गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १७ फागुन,बाजुरा ।
  • गृहमन्त्री ओमप्रकाश अर्याल बाजुरा आएका छन् ।
  • गृहमन्त्री अर्याल निर्वाचनको सुरक्षाका विषयमा जानकारी लिन बाजुरा आएका हुन् ।

 

१७ फागुन,बाजुरा ।

गृहमन्त्री ओमप्रकाश अर्याल बाजुरा आएका छन् । गृहमन्त्री अर्याल निर्वाचनको सुरक्षाका विषयमा जानकारी लिन बाजुरा आएका हुन् । जेनजी आन्दोलनपछि मन्त्री भएका अर्याल पहिलोपटक बाजुरा आएका हुन् । फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्री अर्याल र जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मीबीच छलफल गरिएको थियो ।


छलफलका क्रममा गृहमन्त्री अर्यालले आफू चुनावी सरकारमा रहेकाले बाजुरा मात्र नभई देशैभरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरिने बताएका हुन् । बाजुरामा विगतका जस्ता घटना घट्न नदिन सुरक्षा व्यवस्था मजबुत पारिने बताए । उनले बाजुरालाई संवेदनशील जिल्लाको रुपमा राखिएकोले निर्वाचन, निष्पक्ष र धाँधली रहित हुनेमा विश्वस्त रहन आग्रह गरे । समग्र जिल्लाको निर्वाचन सुरक्षाबारे आफूले जानकारी लिएको र सोही अनुरुप सुरक्षा व्यवस्था मिलाइने बताएका हुन् । साथै उनले राज्य संयन्त्रले मात्रै निर्वाचन सफल नहुने हुँदा सम्पुर्ण जिल्लाबासी नागरिकले आफ्नो जिल्लाको निर्वाचन आफैं सफल पार्न लाग्नुपर्ने कुरामा जोड दिए । उनले भने,‘निर्वाचनलाई धाँधली रहित बनाउन आवश्यक छ ।

 

बाजुरामा विगतका जस्ता घटना घटेको सुन्न नपाईयोस् । कानुन कार्यान्वयनमा हामी खुट्टा टेक्छौँ। नियमको पालना गर्ने नागरिकले गर्नुपर्छ ।’ त्यस्तै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगामी निर्वाचन जस्ता घटना यो निर्वाचनमा नघट्ने प्रष्ट पारे । साथै उनले जिल्लामा निर्वाचनको तयारी करिव अन्तिम चरणमा पुगेको बताएका हुन् । निर्वाचनलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । गृहमन्त्री अर्यालसंगै प्रहरी महानिरिक्षक दान बहादुर कार्कीसहित गृह सचिव सहितको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ
भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृ*त्यु
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
रास्वपाले बोलायो संसदीय दलको बैठक
कति छ आज मुद्राको मूल्य?
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति