भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, काठमाडौँ ।
  • भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका  आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन् ।
  • भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

 

२४ वैशाख, काठमाडौँ ।

भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका  आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन् । भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

पाकिस्तानले पनि पञ्जाब प्रदेशका विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था र परीक्षा बन्द गरिने घोषणा गरेकी छन्। गत महिना भारतको कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान लिने गरी भएको आतङ्ककारी हमलाको प्रतिकारमा भारतले गएराति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका नौ स्थानमा मिसाइल प्रहार गरेको बताएको हो । यो आक्रमणमा दर्जनौँको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
दुर्गा प्रसाईं फेरी पक्राउ
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढ्यो नेप्से
पुनः आन्दोलनमा सुनचाँदी व्यवसायी, न्यूरोडको यातायात प्रभावित
कर्णाली प्रदेश सभाद्वारा सात विधेयक पारित
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची