कति छ आज मुद्राको मूल्य?

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख १५, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   १५ वैशाख, काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ।
  • सोमबार अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य स्थिर छ भने अस्ट्रेलियन डलर, पाउन्ड स्टर्लिङसहितका मुद्रा भने महँगिएका छन्।
  • कुबेती र बहराइन दिनारसहितका केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

 

१५ वैशाख, काठमाडौँ-

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ।सोमबार अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य स्थिर छ भने अस्ट्रेलियन डलर, पाउन्ड स्टर्लिङसहितका मुद्रा भने महँगिएका छन्। कुबेती र बहराइन दिनारसहितका केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा तोकेको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १४ रूपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र बिक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ। राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक
सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक
लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
‘जडीबुटी कम्पनीमा २५ टन तेल छ, आगो ननिभाए ठूलो क्षति हुनसक्छ’
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण