भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण १४, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • १४ साउन, काठमाडौं ।
  • नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गर्नुभएको छ ।
  • राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गर्नुभएको हो ।

१४ साउन, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको उहाँको आरोप छ । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत दिनुभयो । उहाँले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ ।

भ्रष्टाचारको मुख्य दोषि सरकार नै हुन्छ । सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन् । सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ । यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन् । र आउने पुस्ताको भविष्य झन डामाडोल हुँदै गइरहेको छ । यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिष्टमा निस्किने होइन कि सिधै ब्ल्याक लिष्टमा जाने अवस्था आउन सक्छ । भ्रष्टाचार गर्न विशेष कदम चाल्न र सम्पती छानविन गर्न प्रक्रिया अगाडि बढाइयोस् म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरुको सम्पती छानविन गर्ने प्रक्रिया शुरु गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
रवि लामिछानेको शपथ के हुन्छ ?
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
सभामुख घिमिरे आज कम्बोडिया जाँदै
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा जाहेरी
एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै