हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १७ फागुन , मुगु ।
  • हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ ।
  • बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।

 

१७ फागुन , मुगु । हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायी कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकाले मालवाहक र यात्रुवाहक दर्जनौँ सवारीसाधनहरू घुच्चीलेकमै अलपत्र परेको जानकारी दिनुभयो । उहाँका अनुसार घुच्चीदेखि  वाँदखोलासम्म सडकमा झण्डै एक फिटभन्दा बढी हिउँ जमेको छ । हिमपातले अलपत्र परेका यात्रु रमेश बुढाका अनुसार बुलबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेकाले गमगढी पुग्न नसकेको बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डे सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको  हिउँ पन्छाउनलाई समन्वय भएको जानकारी दिनुभयो । आज दिउँसो २ बजे भित्र हिउँ पन्छाउने लक्ष्य राखेको उहाँको भनाइ छ । तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘व्यवसायी र यात्रुलाई धैर्यका साथ सुरक्षित बस्न आग्रह गर्छु ।’’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो: मुख्यमन्त्री सिंह
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो
उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक
युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
सहकारी ठगी आरोपमा पूर्व रजिष्ट्रार पराजुली पक्राउ