ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु, एक घाइते

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण २८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २८ साउन, नेपालगञ्ज।
  • पूर्व-पश्चिम महेन्द्र राजमार्गकाे बाँके सडक खण्डमा ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ ।
  • एक जना घाइते भएका छन् ।

२८ साउन, नेपालगञ्ज।

पूर्व-पश्चिम महेन्द्र राजमार्गकाे बाँके सडक खण्डमा ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । एक जना घाइते भएका छन् । बाँकेकाे राप्तीसाेनारी गाउँपालिका- २, मुगुखा खाेला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरकाे ट्रक र भे १ ख ३१६९ नम्बरकाे टिप्पर ठाेक्किँदा टिप्परमा सवार राप्तीसाेनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीकाे मृत्यु भएकाे हाे ।

टिप्परमा सवार काेहलपुर-१५ का २५ वर्षीय सुदीप चाैधरी घाइते भएका छन् । उनकाे काेहलपुर मेडिकल कलेजमा उपचार भइरहकाे छ । खत्रीकाे शव भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएकाे छ । ट्रक र टिप्पर काेहलपुरतर्फ आइरहेकाे थियाे । पछाडिबाट टिप्पर ठक्कर दिंदा दुर्घटना भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ