प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र १८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १८ भदौ, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् ।
  • चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।

१८ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए ।

उनले सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिएका थिए । सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य छन् ।  अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए । करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी, पत्रकार लगायत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते
सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको बिनाको शव फेला
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
मध्यपुर थिमीका नगरवासीले रगत निःशुल्क पाउने
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा