जगमानले पाए राजावादी आन्दोलनको जिम्मा

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १७, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो जिम्मेवारी प्रा.
  • डा.

 

१७ चैत, काठमाडौं ।

राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो जिम्मेवारी प्रा.डा. जगमान गुरुङलाई सुम्पिएका छन् । घरमै नजरबन्दमा रहेका उनले आज एक  विज्ञप्ति जारी गर्दै गुरुङलाई जिम्मेवारी सुम्पिएको जानकारी गराएका हुन् ।  अब हुने आन्दोलनको नेतृत्व गुरुङले गर्ने अवगत गराउँदै सुवेदीले भनेका छन्,

‘आन्दोलन निरन्तर राख्न सम्बिन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका गुरुङ ‘ऋषि’को रुपमा परिचित छन् । उनी प्राज्ञिक मञ्चका संयोजक पनि हुन् । उनकै संयोजनमा साताअघि पूर्वराजा ज्ञानेन्द्र शाहको गोरखा भ्रमण सम्पन्न भएको थियो ।  अस्ति तिनकुने घटनाको कारण सरकार भने राजवादीहरुमाथि निर्मम बन्ने देखिएको छ ।

एकतातिर निर्मल निवासको सुरक्षा टोली परिवर्तन र १२ सुरक्षाकर्मी कटौती भइरहँदा अघोषित नजरबन्दमा राखिएको चर्चा छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतलाई पक्राउ गरेर हत्या र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको अवस्था छ ।  यता, प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठक बोलाउनुभएको छ । बालुवाटारमा बस्ने बैठकमा राजावादीको आन्दोलनले निम्त्याएको घटना र त्यसको नियन्त्रणबारे महत्वपुर्ण छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा