पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण १८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १८ साउन, काठमाडौं ।
  •   पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी भएको छ ।
  • यो जीतसँगै तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ ।

१८ साउन, काठमाडौं । 

पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी भएको छ । यो जीतसँगै तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ । पाकिस्तनले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले अन्तिम ओभरको अन्तिम बलमा आठ विकेट गुमाएर भेटायो । वेस्ट इन्डिजका गुडाकेश मोतीले २८ र कप्तान शाई होपले २१ रन बनाए ।

पाकिस्तानका मोहम्मद नवाजले तीन, सुफियान मुकीम दुई तथा साइम अयुब र शाहीन शाह अफ्रिदीले समान एक विकेट लिए । त्यसअघि लाउडरहिलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले नौ विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । पाकिस्तानका हसन नवाजले ४० र कप्तान सलमान आगाले ३८ रनले बनाए । वेस्ट इन्डिजका जेसन होल्डरले चार, गुडाकेश मोतीले दुई तथा अकेल होसेन, रोस्टन चेस, र शमर जोसेफले समान एक विकेट लिए । टी–२० शृङ्खला अन्तर्गत तेश्रो तथा अन्तिम खेल भोलि हुनेछ । वेस्ट इन्डिज र पाकिस्तानबीच तीन खेलको एकदिवसीय श्रृंखला आउँदो शुक्रवार अर्थात् अगस्ट ९ तारिखदेखि शुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी
जगमानले पाए राजावादी आन्दोलनको जिम्मा
आज राष्ट्रिय धान दिवस मनाइँदै
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
भारतमा लगेर नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने