वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ ८, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   ८ जेठ, अमेरिका।
  • अमेरिकाको वाशिंगटन डिसीस्थित यहूदी संग्रहालय नजिकै इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको छ ।
  • वाशिंगटन, डीसीमा रहेको इजरायली दूतावाससँग सम्बन्धित मानिने दुई व्यक्तिलाई बुधबार राति राजधानी यहूदी संग्रहालय नजिकै गोली हानी हत्या गरिएको सिएनएनले उल्लेख गरेको छ ।

 

८ जेठ, अमेरिका।

अमेरिकाको वाशिंगटन डिसीस्थित यहूदी संग्रहालय नजिकै इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको छ । वाशिंगटन, डीसीमा रहेको इजरायली दूतावाससँग सम्बन्धित मानिने दुई व्यक्तिलाई बुधबार राति राजधानी यहूदी संग्रहालय नजिकै गोली हानी हत्या गरिएको सिएनएनले उल्लेख गरेको छ ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले घटनाको पुष्टि गर्दै यहूदी संग्रहालय नजिकै दुई इजरायली दूतावासका कर्मचारीहरूको हत्या भएको सामाजिक संजालमा लेखेकी छन् । डीसी प्रहरीले संग्रहालय नजिकै रहेको एफबीआईको वाशिंगटन फिल्ड अफिसको सडक पार भएको गोलीबारीको घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?