कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, कार्तिक १५, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १५ कात्तिक, धनगढी ।
  • कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

१५ कात्तिक, धनगढी ।

कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कृष्णपुरको बण्डका अन्दाजी ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए । घाइते अवस्थामा उद्धार गरिएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको उनले बताए ।

बसमा पाँच जना सवार थिए । दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका-३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?