मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २७, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   २७ चैत, रौतहट ।
  • मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सीमा नजिक रहेको भारतको बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्।
  • मोटरसाइकलको ट्यांकीभित्र  ४ किलोभन्दा बढी लागुऔषध गाँजासहित स्थानीय बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा संयुक्त टोलीद्वारा पक्राउ गरिएको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले बताएका हुन्।

 

२७ चैत, रौतहट ।

मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सीमा नजिक रहेको भारतको बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। मोटरसाइकलको ट्यांकीभित्र  ४ किलोभन्दा बढी लागुऔषध गाँजासहित स्थानीय बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा संयुक्त टोलीद्वारा पक्राउ गरिएको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले बताएका हुन्।

सीमावर्ती भारतीय गाउँ पीठवा छेउ रहेको पिलर संख्या ३५६–४ नजिकै मंगलबार साँझ साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सीसीको पल्सर मोटरसाइकल चढेर भारतीय क्षेत्रमा प्रवेश गरेका थिए। सीमाक्षेत्रको गतिविधि नियालिरहेका झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा मोटरसाइकलको ट्यांकी भित्र पेट्रोलको स्थानमा ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिएका छन्।

पक्राउ परेका साहले यसअघि पनि यसरी नै नेपालबाट भारतीय क्षेत्रमा तस्करीमार्फत गाँजा पुर्‍याएको सोधपुछका क्रममा स्वीकार गरेको एसएसबीले जनाएको छ। बरामद गाँजा, मोटरसाइकलसहित  साहलाई आवश्यक कारबाहीको लागि मंगलबार साँझ झरौखर थानाको जिम्मा लगाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ