सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो
सारांश
- १४ साउन, काठमाडौं ।
- नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
१४ साउन, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया