कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २५, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २५ माघ, सप्तरी ।
  • जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् ।
  • सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए ।

 

२५ माघ, सप्तरी ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए । २०४६ सालको जनआन्दोलन पश्चात गठन भएका सरकारहरुमा कांग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’

देशमा शिक्षा, स्वास्थ्य र उद्योगलाई व्यवस्थापन गर्नुको साटो निजीकरण र पार्टीकरण गरेकोले ती सबै सरकारी संरचनाहरु तहस–नहस भएको अध्यक्ष यादवले बताए । सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका उनले चुनावका बेला बाचा गरेर पनि जितेपछि पुरा नगर्ने नेतालाई चित्त नबुझेसम्म गरिरहन मतदाताहरुसँग आग्रह आग्रह गरे । मत माग्न आएका बेला बाटो बनाइदिने, अस्पताल बनाइदिने, राम्रो विद्यालय तथाकलेज बनाइदिने, सिँचाइको व्यवस्था गरिदिने आदि इत्यादि बाचा गरेका नेताहरुलाई प्रतिवद्धताहरु किन भएन ? भनी प्रश्न सोधिरहे मात्र नेता सुध्रिने उनले बताए । उनले भने, ‘जनताले नेतासँग प्रश्न सोधिरहनुपर्छ, अनि मात्र नेता जिम्मेवार बन्ने छन् ।’

जनता समाजवादी पार्टीकै कारण देशमा परिवर्तन आएको भन्दै आफू र भावी सन्ततीको भविष्यका लागि जसपाका उम्मेदवारहरु अत्यधिक मतले जिताउन अध्यक्ष यादवले जनतासँग आग्रह गरे । आफू सप्तरी २ बाट चुनाव जितेपछि आमूल परिवर्तन ल्याउनका रागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक भौतिक पूर्वाधार, इन्जिनियरिङ्ग कलेज भवन, नर्सिंग कलेज भवन, पक्की सडकहरु समेतका कामहरु भएको र कतिपय पुरा हुने क्रममा रहेको उनले चर्चा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम