सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर २२, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   २२ मंसिर, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।
  • जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ ।

 

२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ । यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ ।

यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । दुवै टोलीमा एक-एक जना खेलाडी परिवर्तन गरिएका छन् । लुम्बिनीले आशुतोष घिरैयाको स्थानमा अर्जुन कुमाललाई खेलाएको छ भने सुदूरपश्चिममा रोहन मुस्तफा बाहिरिँदा वसन्त खत्री भित्रिएका छन् । लुम्बिनी लायन्सका बेन कटिङ आज पनि बेन्चमा छन् । चर्चित अष्ट्रेलियन अलराउण्डर बेन कटिङले पहिलो खेल खेलेपछि लगातार दुई खेलमा बेन्चमै सीमित भएका हुन् । दुवै टिमको खेल हेर्न मैदानमा दर्शक भरिभराउ छन् ।

आज शनिबार सार्वजनिक बिदाको दिन भएकाले बिहानैदेखि दर्शकहरूको बाक्लो उपस्थिति छ । टिकट पनि अघिल्लो दिन नै सोल्डआउट भइसकेको थियो । लुम्बिनी लायन्स प्लेइङ ११ : अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी सुदूरपश्चिम रोयल्स प्लेइङ ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, वसन्त खत्री, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?