निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ ७, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ७ असार, गुल्मी ।
  • निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ ।
  • शुक्रबारदेखि जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर– २ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो आई २४ घण्टादेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।

७ असार, गुल्मी ।

निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबारदेखि जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर– २ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो आई २४ घण्टादेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए । बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो झरिरहेकाले समस्या भइरहेको सारुले बताए ।

चट्टानसहितको पहिरो खसेकाले समय लाग्ने उनले बताए । पहिरोले करिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् । त्यस्तै ४ दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियोे । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?