बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
सारांश
- २ पुस, काठमाडौं ।
- ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कुटपिट गरेको विषयमा नियामक नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ ।
- केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
२ पुस, काठमाडौं ।
ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कुटपिट गरेको विषयमा नियामक नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको हो । बैंक तथा वित्तीय संस्थाको उपस्थितिले स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधीनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो ।



प्रतिक्रिया