हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक १९, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १९ कात्तिक, हुम्ला ।
  • जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा बरामद गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो ।

१९ कात्तिक, हुम्ला ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो । चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए । प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मंगलबार राति १२ बजे बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए । बेवारिसे रुपमा भेटिएका २ हजार  २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको बताए ।  यसलाई नष्ट गरिने डीएपसी पोखरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
हुम्लामा एक सातामा ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत
लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक