सवारी दुर्घटनामा ६ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २७ माघ, काठमाडौं।
  • दाङ, घोराही उपमहानगरपालिका-४ अमारे सोतास्थित सडकमा रा.
  • १ ख १३५३ नम्बरको टिपरले रा.

 

२७ माघ, काठमाडौं। दाङ, घोराही उपमहानगरपालिका-४ अमारे सोतास्थित सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले रा.७ प ९११ नम्बरको स्कुटर र लु.प्र ०२-००१ ह ०५३२ नम्बरको अटोलाई ठक्कर दिई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही उपमहानगरपालिका-२ बस्ने ४२ वर्षीया निरा सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जना र स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-२ आलापोटस्थित सडकमा बा.प्र.०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा.७१ प १४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा बा.प्र. ०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने २१ वर्षीय राजन कटुवालको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बा.७१ प १४७१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी, सुरुङ्‍गा नगरपालिका-१ सिसुबारीस्थित सडकमा म. प्र.०१-००५ प ०४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिराहा लाहान नगरपालिका-५ बस्ने २२ वर्षीय सलाम सेकको मृत्यु भएको छ । दुर्घटनाम गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लाहानमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-६ बैदामस्थित सडकमा ग.१३ प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलमा सवार सोही महानगरपालिका-८ सिमलचौर बस्ने २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोस्थित सडकमा बा.प्र.-३-०१-०२४ च ९१५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ