शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख ४, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ४ वैशाख, सुर्खेत ।
  • अघिल्ला वर्षहरूमा वैशाख सुरु भएसँगै वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) मा विद्यार्थी भर्नाको काम धमाधम चलिरहेको हुन्थ्यो ।
  • भर्नाका लागि आउने विद्यार्थी र उनीहरूका अभिभावकको लाइनले विद्यालयको माहोल नै फरक देखिन्थ्यो ।

४ वैशाख, सुर्खेत ।

अघिल्ला वर्षहरूमा वैशाख सुरु भएसँगै वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) मा विद्यार्थी भर्नाको काम धमाधम चलिरहेको हुन्थ्यो । भर्नाका लागि आउने विद्यार्थी र उनीहरूका अभिभावकको लाइनले विद्यालयको माहोल नै फरक देखिन्थ्यो । तर यस वर्ष भने जनमाविले विद्यार्थी भर्ना सुरु नै गरेको छैन । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ । जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन । शिक्षकहरूको आन्दोलनले भर्ना अभियान प्रभावित बनेको विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए । सरकारले शिक्षकहरूका माग सम्बोधन गरेर निर्वाधरूपमा विद्यालयका गतिविधि सञ्चालन हुने वातावरण बनाउनुपर्ने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । उनले भने, ‘शिक्षा ऐन जारी गर्नुपर्छ, सरकारले ऐन जारी गरेर विद्यालयका गतिविधि अघि बढाउने बाटो खोल्नुप¥यो, होइन भने विद्यालयका गतिविधि अनिश्चितकालसम्म रोकिनेछन् ।’

अहिले भर्ना अभियान रोकिँदा अभिभावक र विद्यार्थीमा अन्योलता छाएको छ । तर शिक्षकहरूको जायज माग पूरा गर्नका लागि विद्यालयले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको श्रेष्ठले बताए । यद्यपि, विद्यालयका आगि आवश्यक पर्ने पाठ्यपुस्तक व्यवस्थापन र अन्य तयारीका काम भने गरिसकेको उनको भनाइ छ । सरकार र शिक्षक महासंघबीच संवाद भएपनि सहमति हुन सकेको छैन । जसले गर्दा नयाँ शैक्षिक सत्रको भर्ना अभियान सँगसँगै बालबालिकाको पढाइ प्रभावित हुने संकेत देखिएको छ । शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्दै वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयले समेत भर्ना अभियान रोकेको छ । आन्दोलनका कारण सरकारले तोकेकै मितिमा भर्ना अभियान गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए ।

‘हामीले अबको चार÷पाँच दिन विचार गर्छौं, नभए विद्यालय खोल्नुको विकल्प छैन, सरकारले शिक्षकका माग छिट्टो सम्बोधन गर्नुपर्छ, दैनिक पाँच सय जना अभिभावकले चासो राखेर फोन गरिरहनुभएको छ । विद्यार्थी र अभिभावक अन्योलमा हुनुहुन्छ, सरकारले शिक्षकका माग सम्बोधन गर्नुपर्छ’ उनले भने । जनमावि र अमरज्योतिमा मात्रै होइन शिक्षकहरू आन्दोलित हुँदा कर्णाली प्रदेशभर नै यो वर्षको विद्यालय भर्ना अभियान प्रभावित बनेको छ । सरकारले विद्यार्थी भर्ना अभियान वैशाख २ गतेदेखि सुरु गर्ने जनाएको थियो । वैशाख १ गते सार्वजनिक बिदा भएकाले २ गतेदेखि भर्ना अभियान सुरु गर्ने भनिए पनि भर्ना अभियान सुरु हुन सकेको छैन । सरकारले यो वर्ष ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएपनि महत्वपूर्ण सरोकारवाला पक्ष रहेको शिक्षकहरू भने आन्दोलनमा छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० देखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण भर्ना अभियान प्रभावित बनेको सामुदायिक विद्यालयहरूले जनाएका छन् । नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको सर्कुलर बहिष्कार गर्दै शिक्षक महासंघले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर वा विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने अडान राखेको छ ।

ऐन जारी हुँदा सरकारले विगतमा महासंघसँग गरेको सहमति समावेश गर्नुपर्ने महासंघको माग छ । शैक्षिक हड्तालसहितको शिक्षक आन्दोलनले देशभर ७० लाख बालबालिका सहभागी हुने विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यमिक शिक्षा परीक्षा(एसईई) को उत्तरपुस्तिका परीक्षण पनि रोकिएको छ । आन्दोलन अझै केही दिन जारी रहे वैशाख ११ देखि हुने कक्षा १२ को परीक्षा पनि प्रभावित हुने छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी
सुनको भाउ १ हजार बढ्यो, चाँदी हालसम्मकै उच्च
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड