बहिनीज्वाइँले धारिलो हतियार प्रहार गर्दा जेठीसासूको निधन

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख १३, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   १३ वैशाख, काठमाडौँ- इलामको माई नगरपालिकामा बहिनीज्वाइँले धारिलो हतियार प्रहार गरी जेठीसासूको हत्या गरेका छन्।
  • माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन्।
  • जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईका अनुसार शुक्रबार बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरेका थिए।

 

१३ वैशाख, काठमाडौँ-

इलामको माई नगरपालिकामा बहिनीज्वाइँले धारिलो हतियार प्रहार गरी जेठीसासूको हत्या गरेका छन्। माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईका अनुसार शुक्रबार बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरेका थिए।

गम्भीर घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति उनका मृत्यु भएको हो। प्रहरीका अनुसार शान्तिराम र उनकी पत्नी ९भूमिकाकी बहिनी० को ‘माना चामलसम्बन्धी मुद्दा’ चलिरहेको छ । मुद्दाकै क्रममा अउनीहरूबीच पहिले पनि विवाद भएको थियो। शान्तिरामलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?