काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३० असोज, काठमाडौं ।
  • काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ वानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुरेण्ट व्यवसायमा अनुगमन गरेको छ ।
  • अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेका थिए ।

३० असोज, काठमाडौं ।

काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ वानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुरेण्ट व्यवसायमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेका थिए । अनुगमन व्यवसायीलाई तर्साउने उद्देश्यले नभई, स्वच्छ र जिम्मेवार व्यवसाय सञ्चालनका लागि हौसला दिने उद्देश्यले गरिएको बताइएको छ । अटेर गरेमा भने कानुनबमोजिम कारवाही गर्ने महानगरले चेतावनी दिएको छ । विशेषगरी भान्छाको सरसफाइमा पूर्ण बेवास्ता गरिएको पाइएको छ ।

काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार संक्रमण सानो लापरबाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो ।’ उनले महानगरले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । त्यस्तै, काठमाडौं महानगरपालिका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले महानगरले सशक्तिकरण, अनुगमन र नियमनलाई अहिले प्राथमिकता दिएको बताए ।

उनले भने, ‘हामी बजारमा कस्तो अवस्था छ भनेर बुझ्दैछौँ, व्यवसायीहरू खाद्य स्वच्छता र गुणस्तरीयतामा कत्तिको सचेत हुनुहुन्छ भनेर मूल्याङ्कन गर्दैछौं । राम्रो गर्नेलाई हौसला दिन्छौँ, कमजोरी देखिए सम्झाउँछौँ, सचेत गराउँछौँ; त्यति गर्दा पनि अटेर गर्नेलाई कानुनबमोजिम कारवाही हुन्छ ।’ अनुगमन टोलीले नयाँ वानेश्वरका पोखरेली लुम्बिनी तन्दुरी भोजनालय, सनराइज बेकरी क्याफे, अम्बला रेष्टुरेण्ट, सुरेन्द्र पानीपुरी पसल, के.एम. टेष्टी मम होटेल, रेसुंगा लोकल भान्साघर, न्यू लुम्बिनी तन्दुरी भोजनालय लगायतका खाद्य व्यवसायमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
यस्तो छ तपाइको आजको राशिफल
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी