नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १७, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।
  • दुई जना घाइते भएका छन् ।

 

१७ चैत, काठमाडौं ।

काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुई जना घाइते भएका छन् । शनिबार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिश्रबाट काठमाडौं आउँदै गरेको प्र ३ -०१-०२४  च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडी चालक भिमेश्वर -४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?