नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २०, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २० चैत,वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ।
  • मंगलबार यो नीतिको विषयमा निर्णय गर्ने कोर टिमसँग बसेका ट्रम्पले बुधबार साँझबाट करको नीति लागू भएको घोषणा गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।
  • हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले यो करको निर्णय लागू हुने बताएकी हुन्।

 

२० चैत,वाशिंटन –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ।मंगलबार यो नीतिको विषयमा निर्णय गर्ने कोर टिमसँग बसेका ट्रम्पले बुधबार साँझबाट करको नीति लागू भएको घोषणा गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।

हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले यो करको निर्णय लागू हुने बताएकी हुन्।
उनले अहिलेको हरेक समस्याको समाधान कडा कर नीतिले नै हुने दाबी गरिन्। उनले यो दाबी गरे पनि जिम्मेवार तह र व्यापारीदेखि सर्वसाधारणसम्म यो नीतिले धेरै क्षति हुने कुराले त्रसित छन्। यो नीति पछि अमेरिकामा केही असर गर्ने रिपोर्ट प्रकाशित भइसकेका छन्।

नयाँ कर नीति लागू भएपछि धेरैले रोजगारी गुमाउने जोखिम छ। यसले हुने व्यापार युद्धका कारण ५५ लाखले रोजगारी गुमाउने तथा बेरोजगारी दर ७.७ प्रतिशतले वृद्धि हुने जनाइएको छ। अर्थशास्त्री मार्क जान्डीका अनुसार १.७ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा कमी आउने छ। जान्डीले यसले अमेरिकी अर्थतन्त्रमा धेरै असर गर्नसक्ने चेतावनी दिएका छन्। ट्रम्पले यो कर नीति संसारका सबै देशको हकमा नीति लागु हुने बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित
दक्षिण कोरियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक