मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ ३, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •   ३ जेठ, धनगढी ।
  • मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।
  • प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

 

३ जेठ, धनगढी । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे । काँग्रेस र नागरिक उन्मुक्तिको कडा विरोधका बीच सभामुख भण्डारीले मत विभाजनको प्रक्रिया अगाडि बढाएका थिए । मत विभाजन हुँदा एमालेको ११, माअ‍ोवादीको १० (सभामुख बाहेक), नाउपाको २, समाजवादीको ४ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको विश्वासको मत मुख्यमन्त्रीले पाएका हुन् । पहिलो चरणमा बैठक प्रारम्भ हुने बित्तिकै सभामुखले संसदको काम कारबाही अगाडि बढाउने प्रयास गरेका थिए तर प्रदेश प्रमुख नजिर मियाँले असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै बैठक अवरोध गरेका थिए । विपक्षी दलबाट अवरोध भएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।  दोस्रोपटक सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न आदेश दिएपछि कांग्रेस र नाउपाका सांसदहरूले बेल घेराउ गर्दै सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रतिकूल मौसमले उडान प्रभावित
क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः ऊर्जामन्त्री खड्का
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु
आज दुई संसदीय समितिको बैठक बस्दै
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो