आन्दोलनका लागि तयार रहन जनमत पार्टीको निर्देशन

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक ५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ‌।
  • जनमत पार्टीले आन्दोलनको तयारी गर्न सबै तहका संगठनलाई निर्देशन दिएको छ।
  • आइतबार काठमाडौंको मध्यबानेश्वरमा रहेको पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले देशको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनका लागि तयारीमा रहन निर्देशन दिने निर्णय गरेको हो।

 

काठमाडौं ‌। जनमत पार्टीले आन्दोलनको तयारी गर्न सबै तहका संगठनलाई निर्देशन दिएको छ। आइतबार काठमाडौंको मध्यबानेश्वरमा रहेको पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले देशको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनका लागि तयारीमा रहन निर्देशन दिने निर्णय गरेको हो।

बैठकले आगामी २०८१ मङ्सिरमा हुने स्थानीय उपनिर्वाचनका लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। सो समितिमा निर्वाचन हुने वडा र पालिकाका केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पूर्वअध्यक्ष, वडाअध्यक्ष र पूर्ववडाअध्यक्षहरू रहनेछन्।

 

निर्वाचन परिचालन समितिले कात्र्तिक १४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय सचिवालयमा पठाउने निर्णय पनि भएको छ।

बैठकमा पार्टी संगठनलाई अझ सशक्त तरिकाले अगाडि बढाउने र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै, २०८४ को निर्वाचनमा बहुमत ल्याई तीनवटै तहमा सरकार बनाउन आवश्यक तयारी गर्ने निर्णय भएको जनाइएको छ। जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले पार्टीलाई बलियो बनाउन सामूहिक प्रयासको आवश्यकता रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?