भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष २२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरको एउटा जहाज सोमबार ठूलो दुर्घटनाबाट जोगिएको छ।
  • काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको जहाज बीच बाटोमा पुगेपछि एउटा इन्जिनमा फ्लेम आउट (आगो देखिनु) भएपछि आपत्‍कालीन रुपमा त्रिभुवन विमानस्थलमा फर्काइएको हो ।
  • अल्फा जुलियट सियरा (एजेएस) कलसाइनको उक्त जहाजले त्रिभुवन विमानस्थलबाट उडिसकेपछि बायाँतर्फको इन्जिनतर्फ फ्लेम आउट भएर फेल भएको थियो ।

 

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरको एउटा जहाज सोमबार ठूलो दुर्घटनाबाट जोगिएको छ। काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको जहाज बीच बाटोमा पुगेपछि एउटा इन्जिनमा फ्लेम आउट (आगो देखिनु) भएपछि आपत्‍कालीन रुपमा त्रिभुवन विमानस्थलमा फर्काइएको हो ।

अल्फा जुलियट सियरा (एजेएस) कलसाइनको उक्त जहाजले त्रिभुवन विमानस्थलबाट उडिसकेपछि बायाँतर्फको इन्जिनतर्फ फ्लेम आउट भएर फेल भएको थियो । उक्त जहाजलाई आपत्कालीन अवतरण गराउनुपरेपछि अन्य जहाजका यात्रुलाई रोकेर होल्ड गरिएको थियो ।सोमबार बिहान १० बजेर ३७ मिनेटमा काठमाडौंबाट ७२ यात्रु र ४ जना चालक दलका सदस्यसहित बुद्ध एयरको उडान नम्बर बीएचए९५३ जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्ध जगन्नाथ निरौलाका अनुसार उक्त जहाज काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इन्जिनमा फ्लेम आउट हुन पुगेको थियो । त्यसपछि उक्त जहाज सिंगल इन्जिन हुँदा आपत्कालीन अवस्था घोषणा गरी काठमाडौंतर्फ फर्काइएको उनले बताए । त्यसपछि प्राधिकरणको भाषामा गुराँस बिन्दुबाट भीओआर एप्रोच गरी जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ बजेर १५ मिनेटमा सुरक्षित अवतरण गराइएको निरौलाले बताएका छन् । निरौलाका अनुसार बायाँ इन्जिन फेल भएको उक्त जहाजका यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् ।

प्राधिकरणले विमानको इन्जिनमा आगो लागेकोबारेमा जाँच गर्ने भएको छ। फर्काइएका यात्रुलाई अर्को जहाजबाट भद्रपुर पठाइसकिएको छ ।के हो भीओआर ल्यान्डिङ ? प्राविधिकहरूका अनुसार भेरी हाई फ्रिक्वेन्सी ओम्निडाइरेक्शनल रेन्ज (भीओआर) ल्यान्डिङ पाइलटका लागि ग्राउन्ड बेस्ड रेडियो स्टेशनबाट सिग्नल लिएर हवाईजहाजलाई नेभिगेट गरेर अवतरण गराउने एक प्रक्रिया हो । यसबाट पाइलटलाई रनवेसँगै विमानलाई लाइनमा लगाउन पनि सहयोग मिल्छ । यो अवतरण जब सहयोगी सावित हुन्छ तब पाइलटले रनवेलाई प्रष्टसँग देख्न सक्दैनन् । यस तरिकाको अवतरणलाई म्यानुअल ल्यान्डिङ पनि भनिन्छ । यो तरिकाको अवतरणलाई प्रायजसो सुरक्षित मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सस्तोमा ल्यापटप मिलाइदिने भन्दै २७ लाखभन्दा बढी ठगी गर्ने व्यक्तिहरु पक्राउ
बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड
सावधान ! कतै तपाईं पनि साइबर ठगको जालोमा त पर्दै हुनुहुन्न ?
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
३३ करोडभन्दा बढी झ्वाम पार्ने एमडी संगीता पहाडीलाई २ लाख धरौटीमा रिहा
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु